कैलाली कारागारबाट भागेका १२१ जना फर्किए, अझै ५४६ जना फरार

धनगढी- कैलाली जिल्ला कारागारबाट भागेका कैदीबन्दी कारागार फर्किन थालेका छन्। भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा भागेका ६६० कैदीबन्दी मध्ये १२१ जना जेलमा फर्किएका हुन्।

Dadeldhura hospital

आन्दोलनकारीले कारागार प्रशासनमा भवनमा आक्रमण गरेपछि कैदीमन्दीहरू समेत भागेका थिए। उनीहरू मध्ये ७ जना भने भागेका थिएनन्। जेलर चिरञ्जीवि सापकोटाले आइतवार साँझ ६ बजेसम्म १२१ जना बन्दी फर्किएको बताए। फर्कनेमा १५ जना महिला छन् भने बाँकी पुरूष कैदीबन्दी रहेको जेलर सापकोटाले बताए।

Navadurga sun
Godawari sandesh

कारागार प्रशासनले फरार कैदीबन्दीलाई सम्पर्कमा आउन सूचाना निकालेको छ। फर्किने मध्ये दुई जना भने अस्पतालमा भर्ना गरिएको जेलर सापकोटाले बताए। भाग्ने क्रममा घाइते भएका दुबैको उपचार भइरहेको सापकोटाले बताए।

घटना घटेको दिनसम्म कैलाली जिल्ला कारागारमा जम्मा ६६७ कैदीबन्दी थिए। अझै ५४६ जना कैदीबन्दी फरार रहेका छन्। उनीहरूको खोजी भइरहेको छ भने केही आफैं सम्पर्कमा आइरहेको जेलर सापकोटाले बताएका छन्।

Loading...