जिल्ला प्रशासन कार्यालय कैलालीले टेन्टबाट सेवा सुरु गर्ने

धनगढी- जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय, कैलालीले अत्यावश्यक सेवाहरू सुचारु गर्ने तयारी गरेको छ । कार्यालयमा भएको क्षतिपछि सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै अस्थायी रूपमा टेन्टबाट सेवा प्रवाह गर्न लागिएको हो ।

Dadeldhura hospital

आगजनीका कारण कार्यालयका भवन, फर्निचर, कम्प्युटर र महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए । सेवा सुचारु गर्नका लागि सशस्त्र प्रहरी र जेन–जी पुस्ताले संयुक्त रूपमा कार्यालय परिसरमा सरसफाइ गरेका छन् । उनीहरूले जलेका फर्निचर, सिसाका टुक्राहरू र अन्य फोहोर हटाएर सफा गरेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

तत्कालका लागि नागरिकता र विभिन्न सिफारिस जस्ता अत्यावश्यक सेवाहरू प्रदान गरिने प्रशासनले जनाएको छ । कार्यालयको पुनर्निर्माण नहुन्जेलसम्म अस्थायी रूपमा टेन्टबाटै सेवा प्रवाह गर्ने भएको हो ।

Loading...