गोली लागेर घाइते भएका बैतडीका किशोरको उपचारका क्रममा निधन

बैतडी- जेन–जी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका बैतडीका एक किशोरको उपचारका क्रममा निधन भएको छ।

Ganyapdhura gau

जिल्लाको शिवनाथ गाउँपालिका–२ मडका १८ वर्षीय दीपकसिंह साउँदको उपचारका क्रममा शुक्रबार राति ज्यान गएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा साउँदलाई गोली लागेको थियो। उनको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको बताइएको छ।

यसैबिच शिवनाथ गाउँपालिकाले आइतवार पालिकाभरी शोक बिदा दिएको छ। शिवनाथ–२ मड घर भएका दीपकसिंह साउँदको जेनजी प्रदर्शनको क्रममा घाइते भइ उपचारका क्रममा मृत्यु भएको खबर निकै दुखित तुल्याएको गाउँपालिकाले प्रकाशन गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ।

साउँदको निधन भएको शोकमा आइतवार पालिकाभरीका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा शोक बिदा रहेको गाउँपालिकाले जनाएको छ। मृतक साउँदलाई राष्ट्रिय सहिद घोषणा गरि पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन गाउँपालिकाले नेपाल सरकारसँग माग समेत गरेको छ।

Couple
Loading...