धनगढी जेन्जीले भदौ २८ गतेदेखि पुनर्निर्माण र सरसफाइ अभियान थाल्ने

धनगढी- हालै सम्पन्न जेन्जी आन्दोलनका क्रममा देशभर देखिएको मानवीय तथा भौतिक क्षतिको प्रभाव धनगढीमा पनि परेको छ। आन्दोलनका कारण विभिन्न सरकारी कार्यालय र सार्वजनिक संरचनाहरू क्षतिग्रस्त हुँदा जनताले दैनिक जीवनमा पाउनु पर्ने सेवा–सुविधामा अवरोध भएको छ।

Ganyapdhura gau

यस्तै अवस्थामा, धनगढी जेन्जी समुदायले शुक्रबार एक विज्ञप्ति जारी गर्दै क्षतिग्रस्त संरचना पुनर्निर्माण र शहरलाई सफा बनाउन विशेष अभियान थाल्ने घोषणा गरेको छ।

Navadurga sun
Dadhaldhura pur

समुदायका अनुसार, भदौ २८ गतेदेखि अभियान सुरु गरिने छ जसअन्तर्गत सरकारी कार्यालय, सार्वजनिक स्थल र क्षतिग्रस्त संरचनाहरूको मर्मत तथा सरसफाइ गरिनेछ। यसले सेवा प्रवाह सहज बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

समुदायले विशेषगरी धनगढीका युवाहरुलाई अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ। विज्ञप्तिमा भनिएको छ, “धनगढीलाई पहिलेजस्तै सफा, सुन्दर र व्यवस्थित बनाउन सबै युवाले भदौ २८ गते बिहान १० बजेभित्र सम्पर्कमा आउनुहुन अनुरोध गर्दछौं।”

जेन्जी आन्दोलनपश्चात् सामाजिक सद्भाव र पुनःस्थापनाका लागि समुदायले अघि सारेको यो पहलले धनगढीमा सामान्य जनजीवनलाई सहज बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...