धनगढीको एक वडा कार्यालयमा आगजनी दुईमा तोडफोड

धनगढी- जेन्जी आन्दोलनको क्रममा कैलालीको धनगढी उपमहानगरपालिकाको तीन वडा कार्यालयमा क्षति पुगेको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

आन्दोलनकारीले एक वडा कार्यालय जलाएका छन् भने दुई वडा कार्यालयमा तोडफोड गरेका हुन् । मङ्गलवार भएको प्रदर्शनमा वडा नम्बर १३ को कार्यालयमा आगजनी गरिएको छ भने वडा नम्बर ४ र ८ मा तोडफोड गरिएको छ ।

Navadurga sun

प्रदर्शनकारीले वडा नम्बर १३ को भवनमा आगो लगाउँदा सम्पूर्ण फर्निचर, उपकरण र कागजात जलेर नष्ट भएका छन् भने वडा नम्बर ४ र ८ को भवनको झ्याल र ढोकामा क्षति गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...