सरकार प्रमुखमा सुशीला कार्कीलाई ल्याउन जेनजीहरूमाझ सहमति

काठमाडौँ- जेनजीहरूमाझ अन्तरिम सरकार प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाममा सहमति जुटेको छ।

Ganyapdhura gau

जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्।

Navadurga sun
Dadhaldhura pur

कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएको पनि बैठकमा जानकारी साझा भएको छ।

दिनभरि करिब ५ घन्टाभन्दा लामाे बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका हुन्।

उनीहरूले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा सहमति गरेका हुन्। यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको सैनिक स्रोतले बताएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...