प्याब्सन गोदावरीद्धारा २ दिन शोक बिदा

अत्तरिया- निजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) गोदावरीले दुई दिन बिदा दिएको छ।

जेन जी ले गरेको प्रदर्शनका क्रममा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्याब्सन गोदावरी नगरसमितिले २ दिन शोक बिदा दिएको हो। सोमवार प्याब्सन गोदावरी नगरकार्यसमितिले प्रदर्शनका क्रममा निधन भएकाहरुप्रति श्रद्धा स्वरुप मंगलवार र बुधवार शोक बिदा दिईएको जनाएको छ।

Navadurga sun

समितिका अध्यक्ष मदनराज जोशीले प्रदर्शनका क्रममा घटेको अप्रिय घटनामा ज्यान गुमाएका जेन जी हरुप्रति श्रद्धाञ्जली अर्पण गर्न शोक बिदा दिईएको बताए। उनले विभिन्न शैक्षिक संगठनहरुको ऐक्यवद्धता अनुसार केन्द्रले आयोजना गरेको शोक बिदा गोदावरीमा पनि दिईएको बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...