सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध पत्रकार महासंघका पूर्वपदाधिकारीको प्रदर्शन

काठमाडौँ- सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको विरोधमा पत्रकारहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीलगायत पत्रकारहरूले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि प्रदर्शनमा उत्रिएको उनीहरूको भनाइ छ ।

सरकारले गत बिहीबारदेखि फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्सलगायत नेपालमा सूचीकरण नभएका २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो ।

सरकारको उक्त कदमको चौतर्फी विरोध भइरहेको छ ।

Loading...