धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ 

Dadeldhura hospital

धनगढी- धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–१ नेपाल टेलिकम नजिकबाट सोही धनगढी उपमहानगरपालिका–६ बस्ने २५ वर्षीय सिम चौधरीलाई ५५० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले शुक्रवार पक्राउ गरेको हो । चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Loading...