एकेडेमीमा राष्ट्रिय गोजुरियो काराते दो संघको नयाँ दोजो उद्धघाटन




अत्तरिया, ३ असोज- कैलालको गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको माउण्ट ओलिभ एकेडेमीमा राष्ट्रिय गोजुरियो काराते दो संघको नयाँ दोजो उद्धघाटन गरिएको छ । राष्ट्रिय गोजुरियो काराते दो संघ नेपालको सहकार्यमा बिद्यार्थीहरुलाई पढाईसंग संगै स्वास्थ्य जिवनका लागि खेलकुदका गतिबिधिमा जोड्न माउन्ट ओलिभ एकेडेमीमा आजदेखी नयाँ दोजो उद्धघाटन गरिएको हो ।


बिद्यालयमा आज बिहान आयोजित एक कार्यक्रमका बिच कराँते दोजोको वडा नं ३ का वडा अध्यक्ष मोहन खत्रीले उद्घाटन गरेका हुन् । माउण्ट ओलिभ एकेडेमीका प्रिन्सिपल मनिष कैनीको सभापतित्वमा आयोजित कार्यक्रममा वडा अध्यक्ष खत्री प्रमुख अतिथी रहनुभएको थियो भने राष्ट्रिय गोजुरियो काराते दो संघ नेपालका महासचिब एबम् एसियन काराँतेका रेफ्रि प्रकाश चन्द बिशिष्ट अतिथी रहनुभएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष खत्रीले मानव जिवनमा स्वास्थ्य भन्दा अरु ठूलो केही नभएको बताएका छन् । उनले मानिस स्वास्थ्य भए मात्रै उसले हरेक कामहरु सहजै रुपमा गर्न सक्ने भएकाले सबैले पहिला आफ्नो स्वास्थ्य जिवनलाई जोड दिनुपर्ने बताए । उनले माउण्ट ओलिभ एकेडेमीले आफ्ना बिद्यार्थीहरुलाई पढाईका साथसाथै खेलकुदका गतिबिधिमा जोड्नका लागि आजदेखी कराँते डोजो पनि सुरु गरेको भन्दै बिद्यालयको प्रशंसा गरे । उनले बिद्यार्थीहरुलाई पढाई मात्र नभएर अन्य गतिबिधिमा जोड्नका लागि यस्ता खाले खेलकुदाका गतिबिधिहरुलाई यहाँका सबै बिद्यालयहरुले जोड दिनुपर्ने बताए ।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथी राष्ट्रिय गोजुरियो काराते दो संघ नेपालका महासचिब प्रकाश चन्दले पछिल्लो समय भित्रिएको डिजिटल प्रबिधिले स-साना बालबालिकाहरुमा नकारात्मक असर परिरहेको बताए ।

उनले हातहातमा मोवाईल आएपछि स-साना केटाकेटीहरु दिनभरी त्यही मोबाईलमा बिभिन्न खाले गेमहरु खेल्दै जादाँ उनीहरुमा बिभिन्न किसिमका नकारात्मक कुराहरु दिमागमा रहन थालेको आफुले महसुस गरेको बताए । उनले बिधालयमा बिधार्थीहरुका लागि आजवाट उद्धघाटन भएको नयाँ दोजोले निरन्तरता दिनका लागि आफ्नो ब्यक्तिगत र राष्ट्रिय गोजुरियो काराते दो संघ नेपालका तर्फवाट जुनसुकै बेला पनि सहयोग गर्न तत्पर रहने बताएका छन् ।
कार्यक्रममा बोल्दै बिद्यालयका प्रिन्सिपल मनिष कैनीले अहिलेका बिद्यार्थीहरुलाई अब पढाई मात्रै होइन पढाईका साथ साथै खेलकुदका गतिबिधि, मनोरञ्जनका गतिबिधि र अन्य रचनात्मक गतिबिधिहरुमा पनि अगाडी बढाउनुपर्छ भनेर आफुले बिद्यालयमा नयाँ दोजोको सुरुवात गरेको बताए । उनले राष्ट्रिय गोजुरियो काराते दो संघ नेपालको सहकार्य गरेर बिद्यालयमा नयाँ दोजोको सुरुवात हुदाँ निकै खुसी लागेको बताएका छन् ।
“स-साना बालबालिकाहरुका लागि पहिलो पाठशाला उनको परिवार भएपनि ति बालबालिकाहरुले सबै भन्दा बढी ज्ञान बिद्यालयवाट मात्रै प्राप्त गर्छन, उनीहरुलाई के सिकाउने कसरी लैजाने त्यो बिद्यालय परिवारको हातमा हुन्छ” उनले भने- “अब हामीले बिद्यालयमा पहिला पढाइलाई जोड दिने हो त्यसपछि हामीले उनीहरुलाई पढाई पछिका जिवनमा पनि काम लाग्ने कुराहरुलाई यहीवाटै सिकाउदै लगे भने पक्की त्यो बालबालिकाले सही मार्गदर्शन पाउँछ ।”
यसका साथै बिद्यालयमा आज दन्त शिविरको समेत आयोजना गरिएको उनले बताए। अत्तरियामा रहेको लविस सेवा डेन्टल क्लिनिकसंगको सहकार्यमा बिद्यालयमा अध्ययरत बिद्यार्थी र स्थानिय अभिभावकहरुका लागि निुःशल्क दात सम्बन्धि शिविरको आयोजना गरिएको बताए ।
त्यस्तै बिद्यालयले कक्षा ८ मा अध्ययनरत बिद्यार्थीहरुले ए प्लस ल्याएर विद्यालयको नाम राख्न सफल गत बर्षका बिद्यार्थीहरुलाई सम्मान समेत गरेको छ ।
२०५७ सालमा स्थापना भएको उक्त बिद्यालयमा कक्षा ८ सम्म पढाई हँुदै आएको छ । बिद्यालयले बेलाबेलामा यस्ता खाले रचनात्मक कामहरु गर्दै आएको छ । उद्धघाटन कार्यक्रमको संचालन बिद्यालयका शिक्षक सुनिल बिक ले गरेका थिए ।



