किसान बहुउद्देश्यीय सहकारी संस्थाको तीज मिलन तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

अत्तरिया- किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, अत्तरिया शाखाले बसन्तपुरमा सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि बसन्तपुर समूहकी केन्द्र प्रमुख राधिका सुबेदी रहनु भएकाे थियो भने शाखा प्रमुख चक्रप्रसाद भण्डारीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम सञ्चालन कर्मचारी जनक न्यौपानेले गर्नुभएको थियो भने स्वागत मन्तव्य कर्मचारी सुदीप थारुले प्रस्तुत गर्नुभएको थियो ।

Navadurga sun
Godawari sandesh

सहकारी शिक्षाबारे प्रकाश पार्दै शाखा प्रमुख भण्डारीले संस्थाको बचत तथा कर्जा सुविधा, त्यसको महत्व र हाल सञ्चालन भइरहेका योजनाबारे जानकारी दिनुभयो ।

२०५२ साल कार्तिक १७ गते २५ जना शेयर सदस्य र जम्मा ६० हजार ३०० रुपैयाँको पूँजी सहित स्थापना भएको यो संस्था हाल ४० शाखा मार्फत ९० हजारभन्दा बढी शेयर सदस्यलाई वित्तीय सेवा दिइरहेको जानकारी दिनुभयो ।

Dadeldhura hospital

संस्थाले विभिन्न किसिमका बचत योजना सञ्चालन गरिरहेको छ जसमा चल्ती, मुद्दती र खुत्रुके बचत जस्ता योजनाहरू रहेका छन् । खुत्रुके बचत योजनाले विशेष गरी बालबालिकामा बचत गर्ने बानी र पैसाको महत्व बुझाउने उद्देश्य लिएको बताइयो ।

यस्तै, कर्जाका क्षेत्रमा विपत् महामारी कर्जा, नवीकरणीय ऊर्जा कर्जा, व्यापार कर्जा, कृषि कर्जा लगायत उपलब्ध गराइरहेको र नवीकरणीय ऊर्जा कर्जामार्फत विद्युत् रिक्सा, बायोग्यास, इन्डक्सन चुलो आदिमा लगानी गरेर वातावरण संरक्षणमा योगदान पुर्‍याइरहेको जानकारी  दिइएको छ  ।

सहकारीले डिजिटल किसान कोप सेवा पनि सञ्चालन गरिरहेको छ । जसअन्तर्गत किसान एटिएम, मोबाइल बैंकिङ, मिसकल बैंकिङ, QR मर्चेन्ट, इन्स्टा फण्ड ट्रान्सफरलगायत सुविधा उपलब्ध छन् ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले तीजको अवसरमा नृत्य प्रस्तुत गरेका थिए । साथै, तीज मिलन उत्सव–२०८२ अन्तर्गत टिकटक च्यालेन्ज प्रतियोगिताको घोषणा गरिएको थियो । जसमा प्रथम हुनेलाई १० हजार, द्वितीय हुने दुई जनालाई ५–५ हजार र तृतीय हुने पाँच जनालाई २–२ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

कार्यक्रममा सहभागीहरूले संस्थाले तालिम, मल, बिउबिजन आदिको व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएका थिए। संस्थाका तर्फबाट जवाफ दिँदै अघिल्ला दिनमा विभिन्न तालिमहरू (अगरबत्ती, सिलाई–कटाई, हाउसवायरिङ, मोटरसाइकल रिपेयरिङ) प्रदान गरिएको भए पनि अपेक्षित प्रतिफल नआएकाले केही ढिलासुस्ती भएको र आगामी दिनमा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

Loading...