बर्दगोरियामा मुक्त कमैया, हलिया तथा कमलरी पुनर्स्थापना कार्यविधि बन्ने

वडा नम्बर ३ र ४ मा सबैभन्दा बढी मुक्त कमैया

कैलाली- कैलालीको बर्दगोरिया गाउँपालिकाले मुक्त कमैया, हलिया तथा कमलरी पुनर्स्थापना कार्यविधि बनाउन मस्यौदा समिति गठन गरेको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमको संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिमा गाउँपालिकाका कानुन अधिकृत तपेन्द्र न्यौपाने सदस्य सचिव छन् भने मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी, प्रदेश अध्यक्ष चन्द्रप्रसाद चौधरी र पूर्व कमलरी फुलकुमारी कठरिया सदस्य छन्।

Navadurga sun

समितिले सरोकारवालासँग छलफल गर्दै मस्यौदा तयार गरी कार्यपालिकामा पेश गर्नेछ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरका अनुसार कार्यविधि निर्माणपछि मुक्त कमैयाको पहिचान स्पष्ट भई आवास, निःशुल्क शिक्षा, सीपमूलक तालिम तथा सरकारी अनुदानलगायतका सुविधा सहज हुनेछन् ।

बर्दगोरियामा करिब १,५०० मुक्त कमैया परिवारमध्ये ३०० परिवारसँग अझै पनि परिचयपत्र छैन । वडा नम्बर ३ र ४ मा सबैभन्दा बढी मुक्त कमैया बसोबास गर्छन् भने वडा नम्बर ३ मा परिचयपत्र नपाउने समस्या गम्भीर छ । कार्यविधि लागू भएपछि मुक्त कमैयाहरूले राज्यका सेवा–सुविधामा पहुँच पाउने र जीवनयापन सहज हुने अपेक्षा गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...