किसान बहुउद्देशीय सहकारी संस्था अत्तरिया शाखाद्वारा सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम सम्पन्न
संस्थाद्वारा दुई शेयर सदस्यलाई सुरक्षण सुविधा वितरण
अत्तरिया- किसान बहुउद्देशीय सहकारी संस्था अतरिया शाखाले एक कार्यक्रमको आयोजना गरी सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रम यस सहकारीका सुपरिवेक्षण विभाग प्रमुख प्रकाश कुमार जिसीको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट रहनु भएको थियो ।



उक्त कार्यक्रममा सहकारी संस्थाका दुई जना शेयर सदस्यका अभिभावकको निधनमा संस्थाले सदस्य सुरक्षण सुविधा समेत वितरण गरेको थियो । उक्त सुविधा अन्तर्गत गोदावरी नगरपालिका वार्ड नं १ विजयनगर निवासी शेयर सदस्य गुमि लुहारका श्रीमान रगुवा लुहारको निधनमा संस्थाले २ लाख ३३ हजार ४४२ रुपैया को चेक र अर्का सदस्य त्रिपुरा देवी लुहारका श्रीमान दिल्लाराम कामी लुहारको निधनमा ५ लाख ९ हजार ४७२ रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
उद्योग वाणिज्य सङ्घ अत्तरियाको सभाहलमा भएको उक्त कार्यक्रममा संस्थाले सेयर सदस्यका विभिन्न बचत तथा कर्जा सेवा ,सदस्य सुरक्षण सेवा, डिजिटल बैंकिङ सेवा, नवीकरणीय ऊर्जाका स्रोत सम्बन्धमा र पर्यावरण संरक्षणका लागि संस्था तथा समुदायको दायित्व सम्बन्धमा संस्थाका अत्तरिया शाखा प्रमुख चक्रप्रसाद भण्डारीले जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी रहनु भएका वडा अध्यक्ष भट्टले गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी भन्ने नारालाई सधैं सबैले आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने भन्दै संस्थाका विभिन्न कार्य प्रशंसनीय रहेको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा १०० जना भन्दा बढी शेयर सदस्य उपस्थित रहेको उक्त कार्यक्रम किसान बहुउद्देश्यीय सहकारी संस्थाका सुपरीवेक्षण विभाग प्रमुख प्रकाश कुमार जिसीको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अत्तरिया शाखा का कर्मचारी देश राम चौधरीले सञ्चालन गर्नु भएको थियो । साथै कार्यक्रमको अन्तमा उपस्थित सम्पूर्ण शेयर सदस्य दिदीबहिनीहरूले तीज गीतमा नृत्य समेत प्रस्तुत गर्नुभएको थियो ।
