कञ्चनपुरमा अवैधरूपमा पालेका दुई चित्तल निकुञ्जमा हस्तान्तरण

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा करिब एक वर्षदेखि अवैधरूपमा पालेका दुई चित्तललाई डिभिजन वन कार्यालय बाणीद्वारा नियन्त्रणमा लिएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जिम्मा लगाइएको छ।

वन कार्यालयका अनुसार, संरक्षित वन्यजन्तु नगरपालिकामै पालेको जानकारी पाएपछि टोली खटाई दुवै चित्तललाई उद्वार गरी निकुञ्जमा पुर्याइएको हो ।

Navadurga sun

अवैध रूपमा संरक्षित जनावर पाल्ने कार्य वन्यजन्तु संरक्षण ऐन विपरीत भएकोले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोसः कृष्णपुरका मेयरद्वारा ‘सफा नियत’ मा चित्तल पालन

ADD Khali jpg
ADD Khali jpg
Loading...