कृष्णपुरका मेयरद्वारा ‘सफा नियत’ मा चित्तल पालन

कञ्चनपुर- कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले आफूले ‘सफा नियत’ का साथ घाइते चित्तललाई उपचार गरेर सुरक्षित खोरमा राखेको दाबी गरेका छन् ।

शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले पूर्व डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई मौखिक जानकारी दिएर नगरपालिका भित्र चित्तललाई सुरक्षित रूपमा पालन गरिएको बताएका हुन् ।

Navadurga sun

“कानुनी प्रक्रिया पूरा नभएको हुन सक्छ, तर हाम्रो उद्देश्य वन्यजन्तुप्रति समवेदना थियो,” मेयर ओझाले स्पष्ट पारे ।

तर, डिभिजन वन कार्यालय कञ्चनपुरले भने कानुन उल्लङ्घनको आशंकामा छानबिन सुरु गरेको छ । कार्यालय प्रमुख रामविचारी ठाकुरका अनुसार, सब डिभिजन वन कार्यालय वाणीलाई यथार्थ विवरण सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

उनका अनुसार, नगरपालिकाले एक वर्षदेखि चित्तल पाल्दै आएको सूचना पाएपछि आवश्यक प्रक्रिया अघि बढाइएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...