मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।




भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान करिब ५ः४५ बजे भएको दुर्घटनामा ३ महिला, ५ पुरुष र २ बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ३ पुरुष र २ बालकको उद्धार गरिएको छ ।
काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको थियो ।




