अछाममा एक वृद्ध घरभित्रै मृत अवस्थामा फेला

अछाम- अछाममा ६५ वर्षीय एक वृद्ध घर भित्रै मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ घर भएका जगन्नाथ खनाल बिहीवार साँझ साढे सात बजे मृत फेला परेका हुन् । उनी मंगलसेन नगरपालिका–५ बजारमा जितेन्द्र शाहको खाली घरमा एक्लै बस्दै आएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ ।

Dadeldhura hospital

प्रहरीका अनुसार दिनभरि मजदुरी गर्ने र घरमा एक्लै बस्ने उनको दिनचर्या थियो । बिहीवार दिनभरि उनी घरबाहिर ननिस्किएपछि स्थानीयले घरभित्र गएर हेर्दा उनको अन्तिम सास मात्र बाँकी थियो । अस्पताल लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर कमाण्डको अनुसन्धान टोली घटनास्थल पुगेर शव पोस्टमार्टमका लागि अस्पतालमा राखेको छ । प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण खुल्नेछ ।

Loading...