टीकापुरबाट भन्सार छलीका सामानसहित एक जना पक्राउ

धनगढी- कैलालीको टीकापुरबाट ६ लाख ३४ हजारको भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्।

Dadeldhura hospital

टीकापुर नगरपालिका–७ जितु कटेज स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६ लाख ३४ हजार पाँच सय बराबरको साडी, कुर्ता सुरवाल, कटन सर्ट र से १ ह २३१६ नम्बरको पेट्रोल अटोसहित अटो चालक टीकापुर नगरपालिका–१ बस्ने ४४ वर्षीय धिरेन्द्र चन्द पक्राउ परेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

चन्दलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान, अटोसहित उनलाई भन्सार कार्यालय सत्तिमा बुझाएको प्रहरीले जनाएको छ।

Loading...