टिकटक बनाउँदा नदीमा खसेर युवती बेपत्ता

तनहुँ, २९ भदाै– नदी किनारमा टिकटक बनाउने क्रममा सेतीमा खसेर तनहुँमा एक युवती बेपत्ता भएकी छन् । मङ्गलवार दिउँसो जिल्लाको शुक्लागण्डकी नगरपालिका ८ र ४ को सीमा स्थलमा रहेको रकगार्डेन सेतीको खोँचमा टिकटक बनाउन पुगेकी युवती बेपत्ता भएकी हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

दुई साथीसँगै नदी किनारमा पुगेकी शुक्लागण्डकी नगरपालिका ८ की पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । कार्यालयका प्रमुख समेत रहेको प्रहरी निरीक्षक खड्काले बेपत्ता लम्सालको खोजी भइरहेको जनाइएकाे छ ।

Navadurga sun
Godawari sandesh

प्राप्त जानकारी अनुसार लम्साल केही दिन अघि बिहे भएकी नयाँ बेहुली हुन् । पक्की पुल र झोलुङ्गे पुलकोबीचबाट ती युवती खसेर बेपत्ता भएको उनीसँगै गएका साथीहरूको भनाई उद्धृत गर्दै प्रहरीले जानकारी दिनु भएको छ । ‘साथी खसेपछि उनीहरू आत्तिएर माथि आएछन्’, प्रहरी निरीक्षक खड्काले भन्नुभयो ‘पछि वडा अध्यक्षले हामीलाई जानकारी गराएपछि घट्नाबारे थाहा भएको हो ।’

घटनाको जानकारी लगत्तै प्रहरीले सेती नदी छेउछाउमा खोजी कार्य जारी राखेको राखेको छ । खोजका लागी यो समाचार तयार पार्दा सम्म युवती बेपत्ता भएको स्थान वरपरदेखि भिमाद क्षेत्रमा पनि प्रहरीलाई परिचालन गरिएको छ ।

Couple
Loading...