चितवनमा बाघको आक्रमणले एकको मृत्यु

चितवन । पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका-१३ गवै का ६८ वर्षीय पदमबहादुर रानामगरको शुक्रबार मृत्यु भएको हो।

शुक्रबार बिहान तीनजना कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो। खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...