गोदावरी नदीमा महिलाको शव फेला

Dadeldhura hospital

धनगढी- कैलालीको गोदावरी नदीमा एक महिलाको शव फेला परेको छ । गोदावरी नगरपालिका–२ मा गोदावरी नदी किनारामा बेवारिसे महिलाको शव फेला परेको हो । 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले अन्दाजी ६० वर्षीय महिलाको शव फेला परेको बताए । उनले महिलाको शरीरमा धेरै चोटपटक पनि नभएकाले नजिकैबाट नदीमा बगेर मृत्यु हुन सक्ने बताए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...