गोदावरी नगरपालिकाका १५ विद्यालयमा लागूऔषध दुव्र्यसन रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

अत्तरिया- गोदावरी नगरपालिकाका १५ सामुदायिक माध्यमिक विद्यालयमा लागूऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको आयोजना सामाजिक विकास मञ्च, सुदूरपश्चिम प्रदेश अत्तरियाले गरेको हो भने सहजीकरण इलाका प्रहरी कार्यालय मालाखेतीले गरेको थियो।

बुधवार दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालय, अत्तरियामा समापन कार्यक्रम आयोजना गरिएको थियो। समापन कार्यक्रममा नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथि थिए।

Navadurga sun

कार्यक्रमको क्रममा विद्यार्थीहरूलाई लागूऔषधका प्रकार, असर, दुष्परिणाम तथा त्यस्ता कुलतबाट जोगिन अपनाउनुपर्ने उपायबारे विस्तृत जानकारी दिइएको थियो। नगर प्रमुख भट्टले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू जोखिमयुक्त उमेर समूहमा पर्ने भएकाले उनीहरू लागूऔषध जस्ता कुलतमा फस्ने सम्भावना बढी हुने बताए। त्यसैले गोदावरी नगरपालिकाले सबै वडामा कम्तीमा एक विद्यालयमा यस्ता चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।

नगर प्रमुख भट्टले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा अभिभावकहरूको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गरे। उनले अभिभावकलाई आफ्ना छोराछोरीको गतिविधि, उपस्थिति तथा अनुशासनको बारेमा विद्यालयसँग नियमित समन्वय गर्न आग्रह गरे।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूहरूले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने, साथीहरूलाई पनि जानकारी बाँड्ने तथा सकारात्मक सोचसहित आफ्नो व्यक्तित्व विकास गर्ने अठोट व्यक्त गरेका थिए।

नगर प्रमुख भट्टले सामाजिक विकास भौतिक पूर्वाधारजतिकै महत्वपूर्ण भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाए।

गोदावरी नगरपालिकाको सहयोगमा सञ्चालित यस कार्यक्रमअन्तर्गत १५ विद्यालयका करिब तीन हजार भन्दा बढी विद्यार्थी सहभागी भएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...