

अत्तरिया– अत्तरिया उद्योग वाणिज्य संघले सार्वजनिक सूचना जारी गर्दै साउन ५ गतेभित्र पुराना सदस्यहरूलाई सदस्यता नविकरण गर्न तथा इच्छुक नयाँ व्यवसायीहरूलाई आवश्यक कागजातसहित आवेदन दिन आह्वान गरेको छ ।


नयाँ सदस्यताका लागि अनिवार्य कागजातहरू:


नेपाली नागरिकताको प्रतिलिपि – १ प्रति
पासपोर्ट साइज फोटो – ३ प्रति
PAN प्रमाणपत्रको प्रतिलिपि – १ प्रति

व्यापार/व्यवसाय इजाजतपत्रको प्रतिलिपि – १ प्रति
कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
शुल्क विवरण:
नयाँ सदस्यता शुल्क: रु. १६००/-
वार्षिक नविकरण शुल्क: रु. ५००/-
संघका अध्यक्ष कल्याण सिंह बोहराका अनुसार, व्यवसायीहरूलाई औपचारिक रूपमा संघसँग आबद्ध गराउने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो ।
संघले आवेदन दिन म्यादपछि प्राप्त हुने कागजातहरू अमान्य हुने स्पष्ट पारेको छ । साथै, लामो समयदेखि पदाधिकारीविहीन रहेको संघले आगामी अधिवेशनको तयारी पनि थालेको छ ।





