कम उमेरमा विवाह रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

अत्तरिया– कैलालीको चुरे गाउँपालिका न्यायिक समितिको आयोजनामा कम उमेरमा हुने विवाहको रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

Dadeldhura hospital

किशोर–किशोरीहरूलाई बालविवाहका दुष्परिणामहरूबारे जानकारी दिन उद्देश्यले आयोजित कार्यक्रम चुरे गाउँपालिका–६ स्थित श्री भगवती माध्यमिक विद्यालय, कोट र श्री मेलकटेश्वर माध्यमिक विद्यालय, वयलामा सम्पन्न भएको हो ।

Navadurga sun
Godawari sandesh

कार्यक्रमको सभाध्यक्ष गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक धना देवी थापा रहेकी थिइन । उक्त कार्यक्रममा पत्रकार, सुरक्षाकर्मी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त अवसरमा वक्ताहरूले कम उमेरमा हुने विवाहले किशोर–किशोरीहरूको स्वास्थ्य, शिक्षा र भविष्यमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । न्यायिक समितिले विद्यालय र समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाएको छ । 

Loading...