किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा मृत सेयर सदस्यको कर्जा मिनाहा

अत्तरिया- किसान बहुउद्देश्यीय सहकारी संस्थाको अत्तरियास्थित शाखाले गोदावरी नगरपालिका–६, लालपुरका केन्द्र नं. ७६१ निवासी सेयर सदस्य मेनुका सोपज्यूका श्रीमान् स्व. रामप्रसाद सोबको निधनपछि उहाँको नाममा रहेको कर्जा मिनाहा गरेको छ।

मंगलबार आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रममा स्व. सोबको पत्नी मेनुका सोपज्यूलाई कूल रु. ४ लाख ५८ हजार ८८३ बराबरको चेक हस्तान्तरण गरिएको थियो। सो अवसरमा स्व. सदस्यको रु. २ लाख ६२ हजार ५ सय सावा कर्जा पनि पूर्णरूपमा मिनाहा गरिएको संस्थाले जनाएको छ।

Navadurga sun

कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ६ का कार्यवाहक वडा अध्यक्ष जहरी सिंह साउदज्यूको प्रमुख आतिथ्य रहँदा संस्थाका चौमाला इलाका प्रमुख खकेन्द्र देवकोटा ज्यूको सभाध्यक्षता रहेको थियो ।

कार्यक्रममा संस्थाले मृतकको सम्झनामा एक थान लिचीको बिरुवा रोपण गर्दै पर्यावरण संरक्षणमा समेत योगदान पुर्याउने प्रतिबद्धता जनायो ।

उक्त समारोहमा वडा सदस्य रितु कोली, सहकारी संस्थाका अत्तरिया शाखा प्रमुख चक्रप्रसाद भण्डारी, कर्मचारी प्रतिक्षा हमाल लगायत स्थानीय बुद्धिजीवी, सेयर सदस्य तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

कार्यवाहक वडा अध्यक्ष साउदले सहकारीको उक्त कार्यलाई “समाजप्रति उत्तरदायी र अनुकरणीय कदम” भन्दै प्रशंसा गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...