अत्तरिया- कैलालीको गोदावरी नदीको बाढीमा फसेका ६ जना भारतीयको उद्धार गरिएको छ ।



बुधबार दिउँसो गोदावरी नदीमा अकस्मात आएको बाढीमा ६ जना भारतीय नागरिक फसेका थिए ।
इलाका प्रहरी कार्यालय मालाखेती र अस्थायी प्रहरी बिट गोदावरीको टोलीले उनीहरुको डोरीको सहायताले उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । भारतको लखिमपुरबाट वनभोज खान आएका उनीहरु बाढीमा फसेका थिए ।