

अत्तरिया- भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई भारतीय राजदूतावास, काठमाडौंद्वारा अत्याधुनिक एम्बुलेन्स प्रदान गरिएको छ ।



स्वास्थ्य सेवा प्रवाहलाई चुस्त बनाउन सहयोगी हुने विश्वाससहित प्रदान गरिएको एम्बुलेन्सले नगर क्षेत्रका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा दुर्गम बस्तीहरूमा आकस्मिक सेवा पुर्याउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।


नगरप्रमुख हेमराज ओझाले सामाजिक सञ्जालमार्फत भारतीय राजदूतावास र पहलकर्ताहरू—माननीय एन.पी. सावद र दीपक जोशी—प्रति आभार व्यक्त गरेका छन् । एम्बुलेन्स हस्तान्तरणप्रति स्थानीयवासीहरूले स्वागत जनाउँदै आपतकालीन सेवामा सहयोग पुग्ने बताएका छन् ।
यो सहयोगले भारत–नेपालबीचको विकास साझेदारी अझ सुदृढ बनाएको विश्वास गरिएको छ । विगतमा पनि भारतले विद्यालय, स्वास्थ्य चौकी र खानेपानीजस्ता परियोजनामा सहयोग गर्दै आएको छ । कार्यक्रमले सेवा, सहकार्य र सुदृढ अन्तरदेशीय सम्बन्धको उदाहरण प्रस्तुत गरेको छ ।