बाल विवाह र लागू औषध दुर्व्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको चुरे गाउँपालिका–६ स्थित श्री सिद्धबाबा माध्यमिक विद्यालय, गौजेनामा बाल क्लब कार्यक्रम अन्तर्गत बाल विवाह र लागू औषध दुर्व्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

चुरे गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेम बहादुर साउदको सभापतिमा सञ्चालन कार्यक्रमको प्रमुख अतिथि श्री सिद्धबाबा मावि, गौजेनाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष किशन सि. साउद रहनु भएको थियो ।

विशिष्ट अतिथिको रूपमा सिद्ध प्रगतिशिल सामुदायिक वन उपभाेक्ताका अध्यक्ष हर्क बहादुर नेपाली रहनु भएको थियो ।

कार्यक्रमले बालबालिकालाई बाल विवाह र लागू औषध दुर्व्यसनका विषयमा सचेत गराउँदै सकारात्मक सोच र स्वस्थ जीवनशैली अपनाउन प्रेरणा प्रदान गरेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य वडा नं. ६ का वडा सदस्य मान बहादुर साउदले दिनुभएको कार्यक्रमको सञ्चालक नरेश नाथ योगीले गरेका थिए ।

Loading...