


काठमाडौँ- यातायात व्यवसायीले दुई दिन देखि जारी देशव्यापी हडताल फिर्ता लिएका छन् । मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो ।



गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए ।


बैठकले हालका लागि यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिएका छन् । उनले निर्णयसँगै निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्न सक्ने बताए।





