

अछाम- नेपाली सेनाले अछामको बर्दादेवी डाँडामा हेलिप्याड निर्माण गरेको छ । विपद् तथा आपतकालीन अवस्थामा तत्काल उद्धार एवम् राहत सामग्री ढुवानी गर्न यहाँस्थित बान्निगढी बर्दादेवीको डाँडामा हेलिप्याड निर्माण गरिएको हो ।



नेपाली सेना, गोरख बक्स गणले हेलिप्याड निर्माण गरेर बान्निगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गणपति सङ्गम अधिकारीले बान्निगढी जयगढ गाउँपालिकाको आर्थिक सहयोगमा हेलिप्याड निर्माण गरेर हस्तान्तरण गरिएको जानकारी दिए ।


गाउँपालिकाको एक लाख ५० हजार सहयोग र सैनिक को श्रमदानमार्फत हेलिप्याड निर्माण गरिएको हो ।





