कञ्चनपुरबाट चोरी मुद्दाका दुई जना फरार प्रतिबादी पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट चोरी मुद्दाका दुई जना फरार प्रतिबादी पक्राउ परेका छन्। चोरी मुद्दामा ६ दिन कैद सजाय र १ हजार जरिवाना तोकिएको दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोल बस्ने २३ वर्षका जिवन सुनार र ४ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएको कृष्णपुर नगरपालिका–२ बांणी बस्ने बर्ष २४ वर्षीय सुरेश कलौनी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...