

हेटौंडा । मकवानपुर जिल्लाको बकैया गाउँपालिका–७ मैनाटारमा बिच्छिले टोकेर एक बालिकाको मृत्यु भएको छ। बुधबार साँझ करिब ६ बजे वीरबहादुर वाइवाकी अन्दाजी ८ वर्षीया छोरी अस्मिता वाइवालाई आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा बिच्छिले टोकेको थियो।

टोकेको २० घण्टा पछि दिउँसो करिब २ बजेदेखि सास फेर्न समस्या देखिएपछि उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। अस्पतालमा उपचाररत डाक्टरले राति ८ बजे अस्मितालाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी हात्तिसुडेबाट प्रहरी नायब निरीक्षक जनक बहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालिकाको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ।