चेक अनादर मुद्दामा फरार एक जना पक्राउ  

nava durga gaupalika

धनगढी- चेक अनादर मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन् ।

जिल्ला अदालत कैलालीको २०८२ जेठ ९ गतेको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका कैलारी गाउँपालिका–८ लोहरपुर बस्ने ३९ वर्षीय बिजय चौधरी पक्राउ परेका हुन् । चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको हो ।

Loading...