

अत्तरिया- कैलालीमा झण्डै साढे तीन किलोग्राम चाँदीका गहनासहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट अवैध तीन किलोग्राम ३७० ग्राम चाँदीका गहनासहित हरिलाल राना पक्राउ परेका हुन् ।

भारतबाट नेपाल तर्फ आउदै गरेका रानालाई अस्थायी प्रहरी पोस्ट जुगेडाको टोलीले सोमवार पक्राउ गरेको हो । भारतको सुडा बजार घर बताउने ३२ वर्षीय रानालाई चाँदीका गहनासहित भन्सार कार्यालय, कैलालीमा बुझाइएको छ ।
कैलाली प्रहरीका प्रवक्ता राजकुमार सिंहले ६ लाख ३४ हजार एक सय ८३ रुपैयाँ बराबरका तस्करीको चाँदीका गहना भन्सार कार्यालय बुझाएको बताएका छन् । भन्सार कार्यालयले उनीमाथि कारबाही गर्ने प्रहरीले बताएको छ ।