सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलले उठाउदै आएका माग सम्बोधन गर्न सर्वपक्षीय समिति गठन गरिएपछि प्रदेश सभाको बजेट अधिवेशन सञ्चालन भएको छ ।

Ganyapdhura gau

सरकारको सिफारिसमा आइतबारका लागि प्रदेश प्रमुखले प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका थिए तर प्रतिपक्षी दलहरु भने सरकारले माग, मुद्दा सम्बोधन नगरेका कारण अधिवेशनको पहिलो बैठक बहिष्कार गर्ने रणनीतिमा थिए । तर आइतबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले समसामयिक प्रस्ताव सदनमा सहमती गर्दै प्रस्ताव तयार पार्न सर्वपक्षीय समिति गठन गरेको थियो ।

Navadurga sun
Dadhaldhura pur

उक्त समितिमा नेकपा एमालेकातर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सुरेन्द्र बहादुर पाल, प्रमुख सचेतक चक्र मल्ल, कांग्रेसका पदमबहादुर शाही, माओवादीका मानबहादुर धामी, नाउपाकी ईन्दिरा गिरी, एकीकृत समाजवादीका नरेश कुमार शाही, राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशी रहेका छन् ।

समितिले चाडै प्रस्ताव तयार गरेर प्रदेश सभामा पेश गर्ने कांग्रेसका प्रमुख सचेतक बिक्रम बहादुर धामीले जानकारी दिए । सत्तारुढ र प्रतिपक्षी दलबीच भएको यो सहमतीपछि आइतबारदेखि प्रदेश सभाको बजेट अधिवेशन सञ्चालन भएको छ ।

पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधीले सम्बोधन गरेका छन् भने आजै बसेको दोस्रो बैठकमा सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले सरकारको अगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धीत विनियोजन विद्येयकका प्राथमिकता र सिद्धान्त पेश गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...