अत्तरिया बसपार्क सहितको क्षेत्रमा सेनाले काँडेतार लगाउन टेन्डर आह्वान

अत्तरिया- नेपाली सेनाले अत्तरिया बसपार्कसहितको क्षेत्रमा काँडेतार लगाउन टेन्डर आह्वान गरेपछि स्थानीयबासी चिन्तित भएका छन् ।

सेनाले सो क्षेत्र आफ्नो भएको दाबी गर्दै काँडेतार लगाउन टेन्डर आह्वान गरेपछि स्थानीय चिन्तित भएका हुन् । सेनाले गत वैशाख १२ गते ३५ दिने सूचना जारी गर्दै ७० लाख १० हजारमा टेन्डर आह्वान गरेको छ ।

Navadurga sun
Godawari sandesh

अत्तरिया बजार क्षेत्रमा पर्ने बसपार्क, अत्तरियाको पूर्व रोड बनखेतदेखि पहाड रोड, लामिताल सहित उत्तरी क्षेत्रभित्र पर्ने करिब साढे १७ हेक्टर जमिन नेपाली सेनाले आफ्नो भएको दाबी गर्दै आएको स्थानीय बताउँछन् ।

Dadeldhura hospital

यसै बिषयलाई लिएर झण्डै एक डेढ बर्ष अघि अत्तरियामा रहेका राजनैतिक दल नागरिक समाज मिलेर अत्तरिया सरोकार समाज गठन गरेर अगाडि बढ्ने कुरा भएको नेकपा एमालेका नेता गोकर्ण भट्टले बताए ।

‘अत्तरियाका केही राजनैतिककर्मीहरुले अवरोध सिर्जना गरेर यो काम जनप्रतिनिधिको हो । अरुले गर्न मिल्दैन सबै काम हाम्रो मेयर सावले गर्नुहुन्छ’, उनले भने ‘संघमा सांसद हाम्रो प्रदेशमा सरकार हाम्रो भन्दै अवरोध गर्ने केही कांग्रेसका आफै सर्वोपरि ठान्ने स्वघोषितहरुले सिंगो अत्तरियाबासीहरु माथि कुठाराघात गरेका छन् ।’

उनले भने ‘अबको केही दिनमा अत्तरियाको पहाडलाइन राजमार्गदेखि पूर्व न बसपार्क रहनेछ, न मानव बस्ती रहनेछ, सिंगो अत्तरिया सेनाको व्यारेक बन्नेछ स्वघोषित नेताहरुले गरेको कुकर्मको सजाय अत्तरियाबासीले भोग्नु पर्ने छ ।’ उनले अझै पनि कसैमा चेतना अधिकारका लागि लड्नुपर्छ भन्ने लाग्छ भने एक ठाउँमा उभिन जरुरी देखिएको बताए । सो क्षेत्रमा सेनाले दुई वर्ष अघि नै ‘नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त जमिन’ भन्दै बोर्ड टाँस गरेको थियो ।

सेनाले दाबी गर्दै आइरहेका उत्त क्षेत्र तथा संरचनाहरु माथि हाल गोदावरी नगरपालिका, विभिन्न संघसंस्था र स्थानीयले भोगाधिकार गरिरहेका छन । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा २०६२ सालमा सेनाको नाममा नामसारी गरिएको भनिएको उक्त जग्गामा हाल करोडौँका संरचना बनेपछि मात्रै सेनाले खोजी गरेको स्थानीय बताउँछन् ।

Loading...