धनगढी- कञ्चनपुर र बाजुरामा दुई जना मृत अवस्थामा भेटिएका छन् ।


कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ को खल्लास्थित महाकाली नदीको किनारामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको छ ।

उनको नाम थर र वतन नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ ।
यस्तै, बाजुरामा पनि एक जना मृत भेटिएका छन् । आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को घाघरामा सोही ठाउँ बस्ने ६० वर्षीय रुपजंग कार्की मृत भेटिएको प्रहरीले जनाएको छ ।
