

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीनहजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।




बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एकहजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक लाख ९२५ रुपैयाँमा कारोबार भएको थियो ।



