

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।




यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



