३ हजार सेयर सदस्यको घरमा पुग्यो नवजीवन सहकारीको चामल

gyan kendra dadel

धनगढी- धनगढी स्थित नवजीवन सहकारी संस्थाले ब्राण्डिङ गरेको चामल ३ हजार सेयर सदस्यको घरमा पुगेको छ । सहकारीका सञ्चालक समिति अध्यक्ष देव बहादुर बमका अनुसार हालसम्म ३ हजार सेयर सदस्यको घरमा चामल पुगिसकेको छ। पहिलो चरणमा धनगढीमा चामल बिक्री गरेको सहकारीले काठमाण्डौँ र बाँसगढीमा समेत चामल बिक्री गरिसकेको छ । अबको दुई महिनाभित्र ६ हजार सेयर सदस्यको घरमा चामल पुग्ने उनले बताए ।

Khanepani dadeldhura

आफ्ना सेयर सदस्यहरूलाई सुलभ दरमा चामल उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको कृषी उप–आयोजना अन्तर्गत सहकारीले कैलालीको गोदावरी नगरपालिका ८ मजगाउँमा खाद्य गोदाम तथा मिल सञ्चालन गरिसकेको छ ।

ajaymeru gaupalika
udhok dadeldhura

सोही मिलबाट उत्पादन भएको चामल सेयर सदस्यहरूको घरमा पुगाउने काम भइरहेको छ । चैत ९ गतेबाट चामल बिक्री सुरु गरेको सहकारीले किसानहरूबाट धान खरिद गर्ने गरेको छ । सहकारीले प्रतिकठ्ठा १ हजार २ सय ५० रुपैयाँ र १ हजार ४ सय रुपैयाँ पर्ने गरी दुई प्रकारको चामल बिक्री गरिरहेको छ ।

सहकारीको गोदाम घर तथा चामल मिलको सुदूरपश्चिम प्रदेशका भूमि, ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापाले अनुगमन गरेका छन् । थापाले सुदूरपश्चिम मात्रै नभएर देशमै नवजीवन सहकारी संस्था अग्र स्थानमा रहेको बताए ।

नवजीवन सहकारी देश तथा विदेशबाट समेत अवलोकन गर्नेको गन्तव्य बन्नु पर्ने उनको भनाई छ । सेयर सदस्यहरूलाई सहुलियत दरमा खाद्यान्न बिक्री गरिरहेको नवजीवनका लागी प्रदेश सरकारबाट आवश्यक सहयोगको पहल गर्ने उनको भनाई थियो ।

Loading...