डडेल्धुरामा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

डडेल्धुरा- डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ४ मा रहेको दुर्गा प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

Ganyapdhura gau

समाजसेवी तथा युवा व्यवसायी घनश्याम भट्ट नेतृत्वको ‘खान पुगोस् दिन पुगोस्’ अभियान अन्तर्गत पहाडी जिल्लामा सुरु गरेको ‘विद्यार्थीसँग हामी’ कार्यक्रमले विद्यालयमा रहेका १८ जना बालबालिकाहरूलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो ।

Navadurga sun
Dadhaldhura pur

खान पुगोस् दिन पुगोस् अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा गरिब, विपन्न, दलित बर्गलाई लक्षित गरि ‘विद्यार्थीसँग हामी’ कार्यक्रमको सुरुवात गरिएको खान पुगोस् दिन पुगोस् अभियानका संयोजक घनश्याम भट्टले बताएका छन् । सोही कार्यक्रम अन्तर्गत आइतबार डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर १ मा रहेको दुर्गा प्राथमिक विद्यालयमा अध्ययनरत १८ बालबालिकालाई ड्रेस, बेल्ट टाई वितरण गरिएको संयोजक भट्ट बताएका छन् ।

सकारात्मक सोच भएका युवाहरूको पहलमा आर्थिक संकलन गरि पहाडी जिल्लामा ‘विद्यार्थीसँग हामी’ कार्यक्रम थालिएको र दूरदराजमा रहेका विद्यालयमा पुगेर गरिब विपन्न विद्यार्थीलाई सहयोग गरिने संयोजक भट्टले जानकारी दिएका छन् ।

विद्यालयका प्रधानाध्यापक खडक बहादुर बिष्टले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरू अध्ययन गर्दै आएको बताएका छन् । स्वस्फूर्तरूपमा युवाले आर्थिक संकलनबाट आफ्नो विद्यालयमै आएर बालबालिकाले पोशाक सहयोग पाउँदा निकै खुसी लागेको प्रधानाध्यापक बिष्टले बताए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरू नयाँ पोसाक पाएपछि खुसी भएका थिए । पोशाक वितरण कार्यक्रममा समाजसेवी इश्वरी बिष्ट, साबु राना, हेमन्त मल्ल लगायत सुरक्षाकर्मी, जनप्रतिनिधि, अभिभावकहरुको सहभागीता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...