जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

अत्तरिया- कैलालीको चुरे गाउँपालिका–४ की २५ वर्षीया एक किशोरी माथि जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मानसिक अवस्था अस्वस्थ कठिन अवस्था भएकी किशोरी माथि दुई जनाले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

डीएसपी रण बहादुर चन्दका अनुसार, पीडित किशोरी गर्भ रहेको पाइएको छ । स्वास्थ्य परीक्षणका क्रममा करिब २४ हप्ताको गर्भ रहेको पुष्टि भएपछि घटना बाहिर आएको हो । डीएसपी चन्दले भने, “किशोरीले किटानी गरी दिएको विवरणका आधारमा दुई जनालाई पक्राउ गरिएको हो । अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ र दोषी को हुन् भन्ने विषयमा थप प्रमाण संकलन भइरहेको समेत बताए ।”

Navadurga sun

किशोरीको मानसिक अवस्था अस्वस्थ भए पनि उनी शान्त अवस्थामा मात्र केही कुरा गर्ने तर एकाँही रिस, झोकको प्रतिक्रिया देखाउने भएकाले बयान संकलनमा केही समय समस्या हुनु डीएसपी चन्दले बताए ।

पीडितको सुरक्षाका लागि र अनुसन्धान प्रभावित नहोस् भनेर आरोपितहरूका नाम हाल सार्वजनिक नगरिएको बताइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनीहरूको परिचय केही दिन भित्र सार्वजनिक गरिने डीएसपी चन्दले बताए ।  

ADD Khali jpg
ADD Khali jpg
Loading...