बेदकोट नगरपालिका भित्रका ३० किसानहरुलाई भेडे खुर्सानी बिउ लगायतका सामाग्री वितरण

कञ्चनपुर, २२ भदौ- वेदकोट नगरपालिका भित्रका ३० जना किसानहरुलाई भेडे खुर्सानी उत्पादनका लागी बिउ, औषधी, औजार लगायतका सामाग्री वितरण गरिएको छ । उक्त सामाग्रीहरु बेदकोट नगरपालिका, युएनडीपी र स्वीट नेपालको साझेदारीमा हस्तान्तरण गरिएको हो ।

बेदकोट नगरपालिकाको वडा न ३, ६, ९ र १० वडाका किसानहरुलाई ५ पाकेट भेडे खुर्सानीको बिउ, ८ प्रकारका औषधीहरु, २ कट्टाको दरले बायोबुम मल, फाउडा १ खुर्पी १, स्पीयर १, प्लास्टिक लगायत सामानहरु मंगलबार एक कार्यक्रम बिच स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्ट, लेखा अधिकृत प्रेम सिह निदाल, ईन्जिनियर शतिष शाहीले सयुक्त रुपमा किसानहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...