सुदूरपश्चिम लोक सेवाले गरेको विज्ञापनको परीक्षा स्थगित

अत्तरिया- सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले सार्वजनिक गरेको विज्ञापनको परीक्षा स्थगित गरिएको छ । प्रदेश लोक सेवा आयोगले फागुन २० गते जारी गरेको विज्ञापन परिपूर्तिको लागि परीक्षा नहुने भएको हो ।

प्रदेश निजामती सेवाका अधिकृत नवौं तहका अप्राविधिक÷प्राविधिक पदहरूको परीक्षा नहुँदै सर्वोच्च अदालतले तत्काललाई परीक्षा नगर्न भनेको छ । प्रदेश लोक सेवा आयोगले परीक्षा कार्यक्रम स्थगित भएको सूचना सार्वजनिक गरेको छ ।

Godawari sandesh
Navadurga sun

सर्वोच्च अदालतले अर्को आदेश नभएसम्म हाललाई उक्त सूचना बमोजिमका परीक्षा सम्बन्धी कार्यहरू अगाडि नबढाउन भनेपछि परीक्षा कार्यक्रम स्थगित भएको प्रदेश लोकसेवा आयोगले एक सूचना जारी गर्दै जानकारी गराएको हो । ‘यस आयोगमा मिति २०८२ वैशाख २४ मा प्राप्त भएको सो अल्पकालीन आदेश बमोजिम सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्म हाललाई उक्त सूचना बमोजिमका परीक्षा सम्बन्धी कार्यहरू अगाडि नबढाई यथास्थितिमा राखी परीक्षा कार्यक्रम स्थगित भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गर्ने भनी आयोगले २०८२ वैशाख २४ मा निर्णय भएकोले सोही ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ शाखा अधिकृत मिना जोशीले एक सूचना जारी गर्दै जानकारी गराएकी छन् ।

Dadeldhura hospital

प्रदेश लोक सेवा आयोगले २० फागुनमा विज्ञापनमा अप्राविधिक तर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सामान्य प्रशासनबाट सात जना र राजस्वबाट एक जना तथा कार्यक्षमताको मूल्याङ्कनको आधारमा प्राविधिकतर्फ सामान्य प्रशासनबाट सात जना र राजस्वबाट एक जनालाई बढुवा गर्ने सूचना जारी गरिएको थियो । ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्राविधिकका विभिन्न ३० पदमा ३५ जना र कार्य क्षमताको मूल्याङ्कनको आधारमा प्राविधिक तर्फ ४९ पदमा ५० जनाको विज्ञापन खुल्ला गरिएको थियो ।

ती मध्ये समूह भित्रै आन्तरिक प्रतियोगिताको परीक्षा दिन नपाइएको भन्दै वन सेवा र कृषि समूहले सर्वोच्च अदालतमा रिट दाय गरेका थिए । सर्वोच्चमा रिट दिएको भोलि पल्टै अदालतले आयोगलाई तत्काल परीक्षा रोक्न भनेपछि आयोगले अहिले परीक्षा रोकिएको जानकारी गराएको हो । सर्वोच्चको आदेशसँगै २६ गतेदेखि सुरु हुने परीक्षा रोकिएको छ । यसै मुद्दाको लेखा समूहले दायर गरेको मुद्दाको अर्को पेशी आजलाई तोकिएको छ ।

प्रदेश निजामती सेवा गठनमा संशोधन गर्दा प्रदेश न्याय सेवा थप गरिएको छ । सहायक स्तरको चौथो तहबाट रहेको प्रदेशको तहलाई संशोधन गरिएको छ । मूल ऐनको दफा ६ संशोधन गर्दै हटाइएको थियो । जसमा सेवाको पदहरू थिए ।

प्रदेश निजामती कर्मचारीहरूको बढुवामा असर गर्ने पदपूर्ति सम्बन्धीको दफा (९) र बढुवा सम्बन्धीको दफा २९, मा भएको साबिकको अधिकांश व्यवस्थामा परिवर्तन गरिएको छ । बढुवा सम्बन्धीको दफा संशोधन गर्दा उक्त व्यवस्था त्यसको एक वर्षपछि मात्रै लागु हुने मूल ऐनको व्यवस्था प्रदेश लोक सेवा आयोगले विज्ञापन खोल्दा उल्लङ्घन गरेको लेखा समूहका कर्मचारीहरूको आरोप छ ।

Loading...