एकीकृत समाजवादीले गोदावरी नगरपालिकालाई पेस गर्यो १२ बुँदे ज्ञापनपत्र

अत्तरिया- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गोदावरी नगर कमिटीले मङ्गलबार गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टलाई १२ बुँदे ज्ञापनपत्र पेस गरेको छ । “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नाराका साथ देशभरिका ७५३ वटै पालिकामा आयोजित कार्यक्रम अनुसार गोदावरीमा पनि ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र मार्फत नगर कमिटीले गोदावरी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा जनचासोका विविध विषय समेट्न माग गरिएको छ ।

Navadurga sun

ज्ञापनपत्रका मुख्य बुँदाहरू यस्ता उल्लेख गरिएका छन्:

1. भूमिहीन तथा अव्यवस्थित बासिन्दालाई लालपुर्जा वितरण गरी सम्मानजनक बसोबासको व्यवस्था ।

2. शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको शीघ्र सञ्चालनका लागि पहल ।

3. अत्तरिया बसपार्कलाई सुविधा सम्पन्न बनाउने र बजार क्षेत्रमा ढल निकासको उचित व्यवस्था ।

4. किसानलाई मल, बीउ, कृषि यन्त्र, सिँचाइ र बजार पहुँचमा सहुलियत ।

5. चुरे क्षेत्रको संरक्षणसहित वातावरणमैत्री पूर्वाधार योजना कार्यान्वयन ।

6. सीमान्तकृत समुदाय (दलित, आदिवासी–जनजाति, मुस्लिम, महिला, युवा) लक्षित शिक्षा, स्वास्थ्य, रोजगारी र आवास कार्यक्रममा बजेट विनियोजन ।

7. सबै वडामा स्वास्थ्य सेवा सुधार, मातृ–शिशु सेवा, निःशुल्क औषधि र अपाङ्ग तथा वृद्धका लागि विशेष कार्यक्रम ।

8. महिला सशक्तीकरणका लागि सीप विकास, सहुलियत ऋण र साना उद्यममा पहुँच ।

9. विद्यालय भवन, शिक्षक तालिम, पुस्तकालय र डिजिटल सामग्रीमा लगानी गरी शिक्षा पूर्वाधार सुधार ।

10. गोदावरीमा प्रस्तावित राजधानी निर्माण प्रक्रिया तीव्र पार्न पहल ।

11. समावेशी पूर्वाधार विकास मार्फत समान अवसरको प्रत्याभूति ।

12. स्थानीय संस्कृति, जात्रा, परम्परा र सम्पदाको संरक्षण गरी आन्तरिक पर्यटन प्रवर्द्धन ।

कार्यक्रममा पार्टीका पोलिट ब्युरो सदस्य चुन कुमारी चौधरी, प्रदेश सदस्य विजय विक, कृष्ण विवेक, नगर इञ्चार्ज लक्ष्मीराज पन्त, जिल्ला सदस्य युवराज रिमाल, शिव बिक्रम कार्की, लक्ष्मण बोगटी, नगर अध्यक्ष विर बहादुर पाल, नगर सचिव डा. किरण आले लगायतको उपस्थिति थियो ।

पार्टीले विश्वास व्यक्त गरेको छ कि जनताको भावना अनुरूप यी मागहरू आगामी नीति तथा कार्यक्रममा समावेश हुनेछन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...