धनगढी- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिक आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले साईबर ब्युरोमा कार्यरत रहेका बिकको सरुवा गर्दै सुदूरपश्चिमको जिम्मेवारी दिएको हो ।



यस अघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका डीआईजी गणेश बहादुर चन्द सेवा निवृत्त भएपछि उक्त पद खाली रहेको थियो । चन्दको अवकाशपछिको खाली पद पूर्तिका लागि गरिएको निर्णय अनुसार बिकलाई प्रदेश प्रहरी प्रमुख बनाइएको हो ।
डम्बरबहादुर बिक लामो समय देखि प्रहरी सेवामा अनुभव प्राप्त अधिकृत हुन् । उनले साइबर अपराध अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेका थिए । साईबर ब्युरोमा कार्यरत रहँदा डिजिटल सुरक्षा सम्बन्धी विभिन्न ठूला अनुसन्धानको नेतृत्व गरेका बिक अब सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण जिम्मेवारी सम्हाल्न लागेका हुन् ।
प्रहरी संगठन भित्र अनुशासित, कर्मठ र सक्षम अधिकृतका रूपमा परिचित बिकको नेतृत्वमा सुदूरपश्चिम प्रदेशको कानून व्यवस्था थप सुदृढ हुने विश्वास गरिएको छ ।