धनगढी- कैलालीको धनगढीमा एक महिला साढे २ किलोग्राम चरेससहित पक्राउ परेकी छन् ।


जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराबाँडीबाट बेलमती बोहरा पक्राउ परेकी हुन् ।
कैलालीको गौरीगंगा नगरपालिका–८ की ५३ वर्षीय बोहराको साथबाट २ किलोग्राम ५८० ग्राम चरेस फेला परेको कैलाली प्रहरीले बताएको छ ।
वडा प्रहरी कार्यालय, धनगढी र लागूऔषध ब्युरो शाखा कार्यालय, धनगढीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

