लोकतान्त्रिक निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा शाह

अत्तरिया- लोकतान्त्रिक निर्माण व्यवसायी संघ कैलालीको प्रथम जिल्ला भेला तथा अधिवेशनले निरन्जन शाहको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति निर्विरोध रुपमा चयन गरेको छ ।

Ganyapdhura gau

नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति खेमराज डगौराको प्रमुख आतिथ्यमा भएको प्रथम भेलाले शाह नेतृत्वको कार्य समिति निर्विरोध चयन गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्य समितिको उपाध्यक्षमा किरण रावल र नेत्र मगर निर्वाचित भएका छन । त्यस्तै महासचिवमा डम्बर चन्द, उपमहासचिवद्वयमा टेकराज जोशी र दीपक सिंह ऐर, कोषाध्यक्षमा सिद्धराज भट्ट, सहकोषाध्यक्ष जयन्ती शाह निर्वाचित भएका छन ।

यसैगरी सदस्यहरूमा महेन्द्र शाह, प्रतापजंग कुंवर, छपेन्द्र कडाल, नरेन्द्रराज अवस्थी, रिसिकेश चौधरी, दिलिप रोकाया, उमेशराज पाण्डेय र रुद्र पन्त निर्वाचित भएको निर्वाचन अधिकृत ओम राज पाठकले जानकारी दिए ।

लोकतान्त्रिक निर्माण व्यवसायी संघ कैलालीको प्रथम जिल्ला भेला तथा अधिवेशनमा नेपाल निर्माण व्यवसायी संघका उपाध्यक्ष प्रकाश सेठी, प्रदेश अध्यक्ष लक्ष्मण स्वार, केन्द्रीय सदस्यहरू दिनेश सिंह, किशोर ठकुराठी, यमुना भट्ट, लगायत निर्माण व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

Loading...