धनगढी- धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-१८ एफ गाँउबाट सोही ठाउँ बस्ने २८ वर्षीय केदार बोहरा लागूऔषधसहित बिहीवार पक्राउ परेका हुन् ।
बोहरालाई ३७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।