गोदावरी १० मा नगर स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १० स्थित सितापुर टोलमा आज (बुधबार) देखि नगर स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

न्यू सितापुर युवा क्लबको आयोजनामा कार्यक्रम क्लब अध्यक्ष श्याम स्वरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए ।

Godawari sandesh
Navadurga sun

उद्‌घाटन कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं १ का अध्यक्ष गोपाल दत्त भट्ट, वडा नं ३ का अध्यक्ष तेजराज अवस्थी, वडा नं १० का अध्यक्ष रविन्द्र शाही लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतियोगितामा १० वटा टिम सहभागी छन् । विजेता टिमले १ लाख ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई ५१ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।

Dadeldhura hospital

कार्यक्रम बोल्नु हुँदै नगर प्रमुख बिरेन्द्र भट्टले खेलाडीका हक हितका विषयमा नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले खेलाडीको भविष्य निर्माणका लागि आवश्यक संरचना र पूर्वाधार विकासमा नगरपालिकाले प्राथमिकता दिने उल्लेख गरे ।

“युवा पुस्ता अनुशासन, स्वास्थ्य र नेतृत्व क्षमताको विकास खेलमार्फत् गर्न सक्छन् । त्यसैले खेल मैदानको व्यवस्थापन, स्तरीकरण र नियमित प्रतियोगिताको आयोजना हाम्रो प्रमुख योजना हो,” भट्टले भने ।

नगर प्रमुखले सितापुर टोलमा रहेको खेल मैदानलाई स्तरीय बनाउँदै आवश्यक सुविधा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले खेलाडीलाई सहयोग गर्न समुदाय, अभिभावक र संस्थालाई समेत आह्वान गरे ।

प्रतियोगिताले गोदावरी नगरको खेलकुद विकासमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ, जहाँ युवालाई सकारात्मक मार्गमा अग्रसर गराउन नगरपालिका दृढ देखिएको छ ।

Loading...